राजु पाण्डेको रिट खारेज, निलम्बन कायमै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राजु पाण्डेको रिट खारेज, निलम्बन कायमै

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०८२, बुधबार

    काठमाडौं, १२ कात्तिक । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेको रिट खारेज गरिदिएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफूलाई गरेको निलम्बनविरुद्ध पाण्डेले दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो ।उच्चका न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार पाण्डेको रिट खारेज गरिदिएसँगै उनी निलम्बनमै रहने भएका हुन् ।

    पाण्डेलाई निलम्बन गरेपछि काठमाडौं महानगरपालिकाले नयाँ महानगर प्रहरी बल प्रमुखमा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई ल्याएको थियो । अब उनैले निरन्तरता पाउने छन् ।