


दमौली, १३ कात्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट लागुऔषध सहित बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको बेशीशहर नगरपालिका-११ बस्ने २६ वर्षीय विवश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपको टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई जॉच गर्ने क्रममा काठमाडौबाट लमजुङ जाँदै गरेको म. प्र.०३-००१ ख.८१६३ नम्बरको यात्रुवाहक बसमा सवार तामाङलाई चार सय ३८ थान ट्रामाडोल लागुऔषध सहित पक्राउ गरेको हो ।