


काठमाडौँ, १३ कात्तिक । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो ।
युएई टुरमा नेपालको यो दोस्रो खेल हो । नेपाल पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो ।
आठ टोली सहभागी लिग-२ प्रतियोगितामा नेपाल सातौँ र युएई आठौँ स्थानमा रहेका छन् ।