


दमाैली, १३ कात्तिक । व्यास नगरपालिका–२ निवासी फुटबल रेफ्री विजय रानाको निधन भएको छ । आज बिहान घरमै लडेका रानाको निधन भएको हो ।
रानालाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
खेल क्षेत्रमा लामो समयदेखि सक्रिय रानाको निधनले यस क्षेत्रले एक कुसल व्यक्ति गुमाएको छ ।