


काठमाडाै, १३ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले युएईविरूद्ध शतक प्रहार गरेका छन्। आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरूद्धको खेलमा रोहितले बिहीबार शतक पूरा गरेका हुन्।
दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको रोहितले १२६ बलमा ५ चौका र १ छक्का प्रहार गरेका हुन्। उनले ४७औं ओभरमा शतक पूरा गर्दा नेपालले ६ विकेटको क्षतिमा २०७ रन जोडेको छ।
अन्तर्राष्ट्रिय क्रिकेटमा रोहिको यो दोस्रो एकदिवसीय शतक हो। यसअघि उनले सन् २०२२ मा पपुवा न्युगिनीविरूद्ध घरेलु मैदानमा शतक प्रहार गरेका थिए। सो खेलमा उनले १२६ रन बनाएका थिए।
उनले एकदिवसीय खेलमा ७४ खेल खेल्दा २ शतक र ११ अर्धशतकको मद्दतमा १९ सय रन पूरा गरिसकेका छन्।