निजामति कर्मचारी संगठन तनहुँका पूर्व अध्यक्ष पण्डितको निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निजामति कर्मचारी संगठन तनहुँका पूर्व अध्यक्ष पण्डितको निधन

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०८२, शुक्रबार

    दमौली, १४ कात्तिक । नेपाल निजामति कर्मचारी संगठन तनहुँका पूर्व अध्यक्ष रामचन्द्र पण्डितको निधन भएको छ । पण्डितको शुक्रबार बिहान २ बजे उपचारका क्रममा निधन भएको हो ।

    निजामति कर्मचारी संगठनका पूर्व केन्द्रीय सदस्य, राष्ट्रसेवक वचत तथा ऋण सहकारी तनहुँका अध्यक्ष पण्डितको केही वर्ष अगाडी मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    संगठनका निवर्तमान अध्यक्ष रुद्र ठकुरीले पण्डितको निधनले संगठनले अभिभावक गुमाएको बताए ।

    व्यास नगरपालिका-४ दमौली निवासी पण्डितको परिवारको बसोबाल हाल चितवनमा रहेको छ ।