निजामति कर्मचारी सङ्गठन तनहुँका पूर्व अध्यक्ष पण्डितको देवघाटमा अन्त्येष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निजामति कर्मचारी सङ्गठन तनहुँका पूर्व अध्यक्ष पण्डितको देवघाटमा अन्त्येष्टि

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०८२, शुक्रबार

    दमाैली, १४ कात्तिक । निजामति कर्मचारी सङ्गठन तनहुँका पूर्व अध्यक्ष, पूर्व केन्द्रीय सदस्य रामचन्द्र पण्डितको देवघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार बिहान उपचारका क्रममा निधन भएका पण्डितको देवघाटधाममा अन्त्येष्टि गरिएको हो ।

    नेकपा (एमाले) तनहुँका लेखा कमिटीका उपाध्यक्ष पण्डितको शवमा नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज कंडेल, निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य विजयकुमार श्रेष्ठ, अध्यक्ष भगवान त्रिपाठी, निवर्तमान अध्यक्ष रुद्र ठकुरी लगायतले पार्टी र सङ्गठनको झण्डा ओढाएका थिए ।