देशका धेरै ठाउँमा साँझसम्म पानी पर्ने सम्भावना, भोलिदेखि मौसम सुधार हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशका धेरै ठाउँमा साँझसम्म पानी पर्ने सम्भावना, भोलिदेखि मौसम सुधार हुने

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०८२, शुक्रबार

    काठमाडाै, १४ कात्तिक । देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर झरी परिरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपातसमेत भैरहेको छ । 

    बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव कायमै रहेकाले आज साँझसम्म धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज हिजोको तुलनामा केही ठूलो पानी पर्ने र भोलिदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    कोशी, मधेश र वाग्मतीका थोरै स्थानमा तथा लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    कोशी, वाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ ।