हिमपातले मुस्ताङको हिडन भ्यालीमा फसेका १५ जना पर्यटकको सकुशल उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हिमपातले मुस्ताङको हिडन भ्यालीमा फसेका १५ जना पर्यटकको सकुशल उद्धार

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०८२, शुक्रबार

    काठमाडौं, १४ कात्तिक । मुस्ताङको हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका तीन जना बेलायती नागरिकसहित १५ जना पर्यटकको शुक्रबार सकुशल उद्धार गरिएको छ ।

    नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गैरसैनिक पथ प्रदर्शकको संयुक्त टोलीले उनीहरूलाई ४ हजार ९०० मिटरको उचाइमा रहेको बतासे डाँडाबाट उद्धार गरेको हो ।

    म्याग्दीदेखि धवलागिरी हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरी चक्रीय पदमार्गमा ट्रेकिङ गरिरहेका उनीहरू ११ कात्तिकदेखि हिमपातका कारण फसेका थिए ।

    १२ कात्तिकमा मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणसहितको टोलीले याक खर्कमा बेस बनाइ उनीहरूको उद्धार प्रयास थालेको थियो ।