हत्या गरेको अभियोगमा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हत्या गरेको अभियोगमा पक्राउ

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०८२, सोमबार

    नवलपरासी, १७ कात्तिक । आफ्नै दाई ३६ वर्षीय कृष्ण बहादुर शाहीको हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका-१ पुनर्बास बस्ने ३४ वर्षीय चित्र बहादुर शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    चित्र बहादुरले कोदालोको बिड लगायतले प्रहार गर्दा कृष्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले चित्र बहादुरलाई पक्राउ गरेको हो ।