


काठमाडौ, १७ कात्तिक । सरकारले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई शहीद घोषणा गर्दै नामावली सार्वजनिक गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा काठमाण्डु लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।
उनले भने, ‘सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेनजी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाण्डु लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ, अन्य थपको पनि अध्ययन हुँदैछ ।’
गृह मन्त्रालय स्रोतले शहीद घोषणा भएका व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ ।

