करेन्ट लागेर एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    करेन्ट लागेर एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०८२, मंगलवार

    दमाैली, १८ कात्तिक । व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २८ वर्षीय अमित सुयाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    राति ११ः४५ बजे ४० वर्षीय रामबहादुर घर्ती, निजका दाइ ५४ वर्षीय शुक्र घर्ती र २८ वर्षीय अमित सुयालले रामबहादुर घर्तीको घरबाट बिजुलीको प्लगमा तार जोडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अमितलाई एक्कासी करेन्ट लागेको थियो ।

    करेन्ट लागेर घाइते अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले आज बिहान १२ः३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।