


काठमाडौं, १९ कात्तिक। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा आधारित बनाउने खाका प्रस्तुत गर्दै सदस्य संख्या एक करोड पुर्याउन सकिने दाबी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित कम्युनिस्ट घटकहरूको एकता घोषणा सभामा सम्बोधन गर्दै उनले पार्टी र कार्यकर्ताले पुँजीपतिसँग चन्दा माग्ने होइन, आफ्नै श्रमबाट जीविका चलाउने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार, यदि पार्टीले श्रम र उत्पादनमा आधारित संरचना निर्माण गर्न सके जनताको विश्वास पुनः हासिल गर्न र संगठनलाई बलियो बनाउन सकिनेछ ।
गौतमले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद निर्माण गर्ने व्यवस्था भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे।