


दमाैली, १९ कात्तिक । मुग्लिन पोखरा सडक अन्तर्गत दमौलीको तरकारी लाइन जाने बाटाेतर्फकाे डिभाइडर पनि स्थानीयले हटाएका छन् । भाेर्लेटारचाेक र कालिकामार्ग पछि बुधबार साँझ तरकारी लाइनतर्फ र माथिपट्टी जाने बाटाेकाे डिभाइडर डाेजरकाे सहायताले हटाइएकाे हाे ।
मुख्यचोकमा राखिएका डिभाइडर केही स्थानीयले आफूखुसी हटाउन थालेका छन् । सुरक्षाका लागि राखिएका सडक डिभाइडर केही व्यक्तिहरुले आफूखुसी हटाउँदा सम्बन्धित निकाय माैन छन् ।
