न्यु योर्कको चुनाव जितेको भोलिपल्ट माम्दानी पुगे नेपाली रेस्टुरेन्टमा, खाए चिया र म:म
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    न्यु योर्कको चुनाव जितेको भोलिपल्ट माम्दानी पुगे नेपाली रेस्टुरेन्टमा, खाए चिया र म:म

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०८२, बिहीबार

    काठमाडौ, २० कात्तिक । अमेरिकाको सबैभन्दा ठूलो र धनी शहर न्यु योर्कको मेयरमा भारी मतले विजयी भएका जोरान माम्दानी चुनावी परिणाम आएको भोलिपल्ट नेपाली रेस्टुरेन्ट पुगेका छन् ।

    ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’ नामक रेस्टुरेन्टमा पुगेर उनले चिया र म:मलगायतका नेपाली परिकारको स्वाद लिएका छन् । गौतम बुद्धको तस्वीर राखिएको भित्तोअगाडि माम्दानीले तस्वीर पनि खिचेका छन् ।

    माम्दानीले सामाजिक सञ्जालमा प्रतिनिधि सभासद् अलेक्जान्द्रिया ओकासियो–कोर्तेजसँग नास्ता लिएको र कुराकानी गरेको उल्लेख गरेका छन् । माम्दानी नेपाली रेस्टुरेन्ट पुगेको विषयमा सामाजिक सञ्जालमा धेरैले खुसी व्यक्त गरेका छन् ।

    प्रतिनिधि कोर्तेजले पनि ज्याक्सन हाइट्सको ‘सबैभन्दा स्वादिष्ट म:म’सँगै खान पाएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।