जलविरेमा सुख्खा पहिरो, सडक एकतर्फी अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जलविरेमा सुख्खा पहिरो, सडक एकतर्फी अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०८२, बिहीबार

    चितवन, २० कात्तिक । मुग्लिन नारायणगढ सडक खण्डको जलविरे नजिकै बिहीबार सॉझ सुख्खा पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको छ ।

    पहिरो पन्छाउन मेशिन सम्बन्धित स्थानतर्फ आउँदै गरेको र पहिरो पन्छाई सवारी आवागमन दुवैतर्फ सुचारू हुन करिब १-२ घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।