


दमौली, २१ कात्तिक : मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको दमौलीका डिभाइडर जबरजस्ती हटाइएकामा पुन: हाल्न थालिएको छ । दमौलीस्थित तरकारी लाइन, कालिकामार्ग र भोर्लेटारचोकमा केही व्यक्तिले जबरजस्ती डिभाइडर हटाएकामा शुक्रबारदेखि पुन: डिभाइडर राख्न थालिएको हो ।
उक्त कार्य तरकारी लाइनबाट सुरु भएको छ । तरकारी लाइन र व्यास-४ तर्फको डिभाइडर गत बुधबार सॉझ हटाइएको थियो ।



