किसान श्रेष्ठले तनहुँबाट बारामा सारे आफ्नो मतदाता नामावली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    किसान श्रेष्ठले तनहुँबाट बारामा सारे आफ्नो मतदाता नामावली

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०८२, शनिबार

    काठमाडौं, २२ कात्तिक । नेकपा एकीकृत समाजवादी छाडेका नेता किसान श्रेष्ठले तनहुँबाट बारा जिल्लामा आफ्नो मतदाता नामावली सारेका छन् ।

    कलैयास्थित जिल्ला निर्वाचन कार्यालय पुगेर उनले शुक्रबार बारामा मतदाता नामावली सारेका हुन् । उनले शुक्रबार नै जीतपुरसिमरा उपमहानगरपालिका-४ मा बसाइँसराइ दर्ता समेत गराएका छन् ।

    श्रेष्ठ २०७९ सालको प्रतिनिधिसभा चुनावमा नेकपा एकीकृत समाजवादी पार्टीबाट बारा क्षेत्र नम्बर ४ मा निर्वाचित भएका थिए । तर, सो निर्वाचनमा उनले आफैंलाई मत हाल्न पाएका थिएनन् । त्यो समयमा उनको मतदाता नामावली तनहुँमा थियो ।

    जेनजी आन्दोलनका क्रममा श्रेष्ठको घरमा आगजनी समेत भएको थियो । आगजनी भएको घरलाई मर्मतसम्मार गरेर अहिले उनी बारा जिल्लामै बसोबास गरिरहेका छन् ।