एन्फा प्रेसिडेन्ट लिगमा हैरान्सद्वारा टाइगर्स ५-२ ले पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एन्फा प्रेसिडेन्ट लिगमा हैरान्सद्वारा टाइगर्स ५-२ ले पराजित

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०८२, शनिबार

    दमौली, २२ कात्तिक । हेटौडामा जारी एन्फा प्रेसिडेन्ट लिगतर्फ शनिबार भएको खेलमा दमौलीको हैरान्स क्लव विजय भएको छ । हैरान्सले टाइगर्स टिमलाई ५–२ ले पराजित गरेको हो ।

    हैरान्सका लागि रोशन दोङले दुई गाल गरे । समिराज थोकर, अनिष महर्जन र विश्व लामाले एक/एक गोल गरे । टाइगर्सका विशेष लामाले दुऊ गोल गरे । सो खेलमा हैरानसका रोशन दोङ प्लयेर अफ द म्याच घोषित भएका थिए ।

    शनिबार नै भएको खेलमा काँक्रेविहार यूथ क्लब र नव जनजागृति युवा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सो खेलमा काँक्रेविहारका लागि आशिष चापागाईले गोल गरे भने नव जन जागृतिका लागि रुजन न्यौपानेले गोल गरे । काँक्रेविहार सरिन जिसी खेलको म्यान अफ द म्याच घोषित भए ।

    मङ्सिर २ गतेसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लालीगुराँस एसोसिएसन क्लब छन् ।

    लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले उपाधिसहित नगद १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

    सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुनेछ ।