


काठमाडौ, २२ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । एयर फिल्ड लाइटिङमा समस्या देखिएपछि शनिबार साँझदेखि उडान अवरुद्ध भएको विमानस्थल राति पौने १० बजेदेखि सञ्जालमा आएको हो ।
विमानस्थल अवरुद्ध हुँदा उडान र अवतरण दुवै प्रभावित भएको थियो । जसका कारण केही अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका थिए भने केही उडान डिले र रद्द समेत भएका थिए ।