गोरखामा माइक्रो बस दुर्घटना, चितवन खैरहनीका १७ जना घाइते (नामसहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गोरखामा माइक्रो बस दुर्घटना, चितवन खैरहनीका १७ जना घाइते (नामसहित)

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०८२, आईतवार

    गोरखा, २३ कात्तिक । गोरखा सिरानचोक गाउँपालिका–४ गुम्तीमोडमा शनिबार राति माइक्रो बस दुर्घटना हुँदा चितवनका १७ जना घाइते भएका छन् ।

    राति करिब ८ बजेको समयमा गोरखा भच्चेकबाट आबुखैरेनी तर्फ आउँदै गरेको बा ४ ख ६०४३ नम्बरको माईक्रो ब्रेक फेल भई सडकको दाहिने साईडको भित्तामा ठोक्किएर दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । माइक्रोमा सवार चालक सहित १९ जना मध्ये १७ जना घाईतेलाई प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले माइक्रोका चालक चितवन खैरहनी नगरपालिका–१० कठारका ३२ वर्षीय गोविन्द भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

    दुर्घटनामा घाइतेहुनेहरुको विवरण यस प्रकारको छः

    १. चितवन खैरहनी बस्ने वर्ष–८ को स्वरिनल चौधरी, (मुखमा चोट च्यापु बाङगिएको, अवस्था सामान्य बोल्ने सिरियस)
    २. सोही स्थानका वर्ष ३६ की पवित्र महत्तो (दाहिने खुट्टा फ्याक्चर बोल्न सक्ने मध्यम)
    ३. सोही स्थानका वर्ष ४३ की जमुना कुमारी महतो (दुबै खुट्टामा चोट बोल्न सक्ने मध्यम)
    ४. ऐ.ऐ. बस्ने वर्ष १० की सुमी चौधरी (टाउको, निधारमा चोट बोल्न सक्ने मध्यम)
    ५. ऐ.ऐ.बस्ने वर्ष ४५ की सबिना चौधरी (टाउकोमा चोट, बोल्न सक्ने अबस्था मध्यम)
    ६. ऐ.ऐ. बस्ने वर्ष ६० की जियनी चौधरी (दुबै हातमा चोट बोल्न सक्ने अबस्था मध्यम)
    ७. ऐ.ऐ.बस्ने वर्ष ४३ की प्रमिला चौधरी (दुबै खुट्टाम चोट बोल्न सक्ने अबस्थ मध्यम)
    ८. ऐ.ऐ.बस्ने वर्ष ४८ की रेश्मा चौधरी (दाहिने खुट्टा फ्याक्चर बोल्न सक्ने मध्यम)
    ९. ऐ.ऐ. बस्ने वर्ष ४३ की मिना चौधरी (नाकमा चोट बोल्न सक्ने अबस्था सामान्य)
    १०. ऐ.ऐ. बस्ने वर्ष ७ का युविन चौधरी (निधारमा ददारेको चोट अबस्था सामान्य)
    ११. ऐ.ऐ बस्ने वर्ष ४३ की लक्ष्मी चौधरी (दुबै खुट्टा फ्याक्चर,अनुहारमा चोट सामान्य बोल्ने अबस्था सिरियस) 
    १२. ऐ.ऐ.बस्ने वर्ष ५३ को सुदिर अधिकारी (मुखमा सामान्य चोट अबस्था सामान्य)
    १३. ऐ.ऐ.बस्ने वर्ष ४६ की मिरा अधिकारी (निधारमा चोट अबस्था मध्यम)
    १४. ऐ.ऐ. बस्ने वर्ष ४० की बिना चौधरी (दाहिने खुट्टामा चोट अबस्था सामान्य)
    १५. ऐ.ऐ. बस्ने वर्ष ३७ की ज्ञानु चौधरी (बायाँ खुट्टामा चोट अबस्था सामान्य)
    १६. ऐ.ऐ. बस्ने वर्ष ६४ की लक्ष्मी चौधरी (बाहिरी चोट नभएको, भित्री चोट हुन सक्ने अबस्था सामान्य)
    १७. ऐ.ऐ. बस्ने वर्ष ५४ की अप्सरा बर्तौला (दाहिने घोडामा चोट अबस्था सामान्य)