प्रतिनिधि सभा निर्वाचन : प्रचारप्रसारका लागि १५ दिन दिने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रतिनिधि सभा निर्वाचन : प्रचारप्रसारका लागि १५ दिन दिने तयारी

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०८२, सोमबार

    काठमाडौं, २४ कात्तिक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ । सोही अनुसार निर्वाचन आयोगले तयारी गरेको छ ।

    यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिको समय छ । कात्तिक ३० गते भित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय छ ।

    मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ । निर्वाचनमा भाग लिन्छु भनेर दल दर्ता गर्नेहरूले प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवार खडा गर्न सक्दछन्  ।

    निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० सम्म हुने र निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन मंसिर १० गते प्रकाशन गर्ने तयारी छ ।