


दमौली, २७ कात्तिक । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा माइक्रोको ठक्करबाट पैदलयात्री घाइते भएकी छन् ।
दुलेगौडाबाट दमौली आउँदै गरेको गण्डकी एफएए०११४ नम्बरको माइक्रोको ठक्करबाट शुक्लागण्डकी-३ पौवा घर भएकी पैदलयात्री ५४ वर्षीया धनमाया आले घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेलाई जि.पी. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचारपश्चात थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ ।
