ऑबुखैरेनीबाट लागुऔषध सहित तामाङ पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीबाट लागुऔषध सहित तामाङ पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८२, बिहीबार

    दमौली, २७ कात्तिक । तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट लागुऔषध सहित मंगलबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका-५ बस्ने २१ वर्षीय राज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा यात्रुहरु जॉच गर्ने क्रममा नारायणघाटबाट वेसीशहर जॉदै गरेको ग.१.ख.६४६३ नम्बरको बसमा सवार तामाङलाई ८० थान लागुऔषध सहित पक्राउ गरेको हो।