निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र काठमाडौं बाहिर जान रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र काठमाडौं बाहिर जान रोक

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८२, बिहीबार

    काठमाडाै, २७ कात्तिक । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई विदेश भ्रमण रोक लगाउने निर्णय गरेको छ ।

    बिहीबार बसेको आयोगको बैठकले घटनाको छानबिन तथा जाँचबुझको लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनु पर्ने हुँदा आजैको मितिदेखि लागु हुने गरी सेवा निवृत्त आईजी खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । 

    यसैगरी, आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न/गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको आयोगका एक सदस्यले जानकारी दिए ।

    उक्त निर्णयको जानकारी खापुङलाई समेत गराइने आयोगले जनाएको छ ।