पार्टी, जनता र देशप्रति बफादार रहेर काम गर्नेछु : किसान श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पार्टी, जनता र देशप्रति बफादार रहेर काम गर्नेछु : किसान श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८२, बिहीबार

    बारा, २७ कात्तिक । नेकपा एमालेका नेता कृष्णकुमार श्रेष्ठ किसानले पार्टी, जनता र देशप्रति बफादार रहेर निरन्तर काम गर्ने बताएका छन् । एमाले फर्किएपछि पहिलो पटक बिहीबार बारा पुगेका नेता श्रेष्ठले आफू निरन्तर रुपमा मधेस प्रदेशका जनताका सेवामा लागिरहेको उल्लेख गरे ।

    मधेसलाई नेकपा एमालेको लालकिल्ला बनाउने बताउँदै श्रेष्ठले मधेसमा नेकपा एमाले अहिलेपनि एक नम्बर पार्टी भएको र अझ यसलाई बलियो बनाउनुपर्ने बताए । पार्टीलाई अप्ठ्यारो परेको बेला सतिसाल भएर उभिने बताउँदै उनले चार वर्ष अगाडी विद्रोह गरेका सबैलाई मूल घरमा फर्किन आव्हान गरे ।