भानुबाट घाइते चितुवाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुबाट घाइते चितुवाको उद्धार

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०८२, सोमबार

    दमाैली, १ मङ्सिर । भानु नगरपालिका–१० कालीमाटीस्थित जङ्गलमा घाइते अवस्थामा फेला परेको चितुवाको साेमबार उद्धार गरिएको छ । डिभिजन वन कार्यालयको टोलीले घाइते अवस्थामा रहेको चितुवाको उद्धार गरेको हो ।

    घाइते चितुवा पोथी प्रजातिको वयस्क रहेको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए । स्थानीयवासीबाट जानकारीमा आएपछि कार्यालयको टोलीले उद्धार गरी उपचारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र ल्याइएको छ ।

    चितुवाको टाउको र शरीरका विभिन्न भागमा चोट रहेको उनले बताए। प्रमुख रानाभाटले भन्नुभयो, “स्थानीयवासीलाई आक्रमण गर्न आएको र ढुङ्गा हान्ने क्रममा चितुवा घाइते भएको स्थानीयवासीले बताएका छन् ।” घाइते चितुवालाई वन कार्यालयको निगरानीमा राखी पूर्ण स्वस्थ भएपछि सुरक्षित स्थानमा छाडिने उनले बताए ।