मोवाइलको व्याट्री पड्किएर घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मोवाइलको व्याट्री पड्किएर घाइते

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०८२, सोमबार

    दमौली, १ मंसिर । यहाँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा मोवाइलको व्याट्री पड्किएर आज एक जना घाइते भएका छन् । घाइते हुनेमा ३५ वर्षीय अमृत गौली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइते गौलीको घाँटीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । घाइतेको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।

    दिउँसो ३ बजेको समयमा घर अगाडी करेसाबारीको झारपात सफा गरी आगो लगाउँदा एक्कासी मोवाइलको व्याट्री पड्किएको थियो ।