व्यास नगरपालिकाका करारका कर्मचारीको तलबभत्ता रोक्का, राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाका करारका कर्मचारीको तलबभत्ता रोक्का, राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०८२, सोमबार

    दमाैली, १ मंसिर । व्यास नगरपालिकाले करारमा कार्यरत कर्मचारीहरुको तलबभत्ता सोमबारदेखि रोक्का गरेको छ । नगरपालिकाले वेभसाइटमा निर्णय कार्यान्वयन सम्बन्धमा सूचना जारी गरी करारमा कार्यरत कर्मचारीको मङ्सिर १ गतेदेखि तलबभत्ता रोक्न लेखा शाखालाई निर्देशन दिएको छ ।

    नगरपालिकामा लामो समयदेखि कार्यरत कर्मचारीहरु समेत रहेको अवस्थामा विद्यमान सङ्घीय सरकारको निर्देशनलाई मध्यनजर गरी राजिनामा दिइ अलग हुन चाहने कर्मचारीलाई नगरपालिकाको करार कर्मचारीलाई उपलब्ध गराइने सुविधा सम्बन्धी कार्यविधि बमोजिमको सुविधा उपलब्ध गराउने, सामी, भूमिशाखा, बालकल्याण, प्रधानमन्त्री रोजगारी र जिससतर्फबाट आएका र शुन्य सुत्केरी दर भएका स्वास्थ्य संस्थाका कर्मचारीलाई मार्ग प्रशस्त गर्न अनुरोध गरिएको छ।

    त्यस्तै आगामी नगरसभाबाट अनुमोदन हुने गरी अत्यावश्यक शाखा र वडामा प्रशासन सहायकको चौथो दरबन्दी परिवर्तन गरी कम्प्युटर अप्रेटरको दरबन्दी कायम गर्ने र अब आइन्दा अत्यावश्यक बाहेकका दरबन्दी सिर्जना नगर्ने नगरपालिकाले जनाएको छ । सबै पदहरुमा रिक्त रहेका स्वीकृत सबै तहको दरबन्दीमा पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगसँग माग गर्ने र अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यक कानुन बमोजिम स्वीकृत हुन सक्ने गरी सङ्गठन संरचना सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०८२ पेश गर्न कार्यालयलाई निर्देशन दिइएको छ ।