


दमौली, २ मंसिर । व्यास नगरपालिकाले ३४ जना स्वयंसेवक शिक्षक कर्मचारी र ८ जना इसिडी शिक्षक कर्मचारी गरी ४२ जना करार सेवामा रहेकालाई मंसिर १ गतेदेखि विदा गर्न सम्बन्धित विद्यालयलाई परिपत्र गरेको छ ।
गत कात्तिक १६ गते बसेको नगर कार्यपालिका बैठकका करिब सबै जसो सदस्यले यस सम्वन्धमा कानुन विपरित जान नसकिने राय दिई हटाउन निर्णय गरेकोमा पुनः निरन्तरता दिनु कार्यपालिका बैठकको निर्णयको समेत अवज्ञा हुने र कात्तिक १६ गतेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रको भावनालाई नजर अन्दाज गरेको र सोही मिति २०८२/०७/२१ को संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दोस्रो पत्रको निर्देशनलाई समेत पालना नगरेको देखिने हुनाले उपरोक्त सबै निर्णय/निर्देशन/सुझाब/रायहरुलाई शिरोधार्य गर्दै सेवाबाट विदा गरिदिन सबै सरोकारबाला विद्यालयलाई परिपत्र गरिएको छ ।
