पूर्वआईजीपी खनालले खोले पार्टी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्वआईजीपी खनालले खोले पार्टी

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०८२, मंगलवार

    काठमाडौं, २ मङ्सिर । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पार्टी खोलेका छन् ।

    उनी नेतृत्वको ‘सम्मुनत नेपाल पार्टी’ दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । खनालको पार्टीका तर्फबाट कात्तिक ३० गते अबेर राजबाबु यादवले आयोगमा निवेदन बुझाएका हुन् ।

    देश आफैँले बनाउने र त्यसको नेतृत्व पनि आफैँले गर्ने उद्देश्यले पार्टी खोलेको खनाले बताए ।

    ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) बाट काठमाडौं- ६ मा उमेदवार बनेका खनाल पराजित भएका थिए । त्यसपछि तनहुँ- १ को उपनिर्वाचनमा पनि उनी पराजित भएका थिए ।