कर्णालीविरुद्ध चितवन चार विकेटले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कर्णालीविरुद्ध चितवन चार विकेटले विजयी

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०८२, मंगलवार

    काठमाडौ, २ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजले कर्णाली याक्सलाई मंगलबार ४ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

    कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच बल बाँकी छदा ६ विकेट गुमाएर पूरा गर्‍यो।

    चितवनका लागि ओपनर रवी बोपाराले अर्धशतक प्रहार गरे। १९औं ओभरमा आउट हुनुअघि उनले ५२ रन जोडे। उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। 

    ओपनर दीपक बोहराले ४२ रन बनाए। उनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। त्यसअघि डविड मलान ६ रन र देव खनाल २ रनमा आउट भए। दुवैलाई युनिस ठकुरीले आउट गरेका थिए। उनले मलानलाई क्याच गराउँदा खनाललाई रनआउट गरे। 

    कप्तान कुशल मल्लले १५ बलमा २ छक्काको मद्दतमा २० रन बनाए। चितवनको जितमा सइफ जइबले १६ बलमा जोडेको ३८ रन महत्वपूर्ण सावित भयो। १८औं ओभरमा सोमपाल कामीको डलबिडब्लूको धरापमा पर्नुअघि उनले लगातार दुई छक्का प्रहार गरेका थिए।

    बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिँदा मार्क वाट, युनिस ठकुरी र युवराज खत्रीले १-१ विकेट लिए।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेटको क्षतिमा १६६ रन बनायो।