गफ्फार बने तीन वर्षीया बालिकाको अभिभावक, १० कक्षासम्मको अध्ययन खर्च बेहोर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गफ्फार बने तीन वर्षीया बालिकाको अभिभावक, १० कक्षासम्मको अध्ययन खर्च बेहोर्ने

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०८२, मंगलवार

    दमौली, २ मङ्सिर । म्याग्दे गाउँपालिका-१ मान्द्रे निवासी ३ वर्षीया सन्जु तामाङलाई सामाजिक अभियान्ता सुदीप गफ्फारले कक्षा १० सम्म पढाउने भएका छन् ।

    आमाको निधन भइसकेको र बुबा र हजुरआमाको आयस्रोत नभएका कारण गफ्फारले कक्षा १० सम्मको सबै खर्च बेहोर्ने जनाएका छन् । कक्षा ५ सम्म ती बालिका सोही ठाउँको विद्यालयमा अध्ययन गर्नेछिन् । त्यसपछि उनले रोजेको विद्यालयमा पढ्ने व्यवस्था मिलाइने गफ्फारले बताए ।

    उनले भने, ‘बुबा र हजुरआमा वृद्धवृद्धा भइसकेको र आर्थिक अवस्था निकै कमजोर रहेछ । उनलाई पढ्नका लागि चाहिने सबै खर्चको व्यवस्था मिलाउनेछु ।’