व्यास नगर राष्ट्रपति रनिङशिल्ड: सत्यवती १४ पदक सहित शीर्ष स्थानमा (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    व्यास नगर राष्ट्रपति रनिङशिल्ड: सत्यवती १४ पदक सहित शीर्ष स्थानमा (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०८२, मंगलवार

    दमाैली, २ मङ्सिर । व्यास नगरपालिकाको आयोजनामा व्यास नगरपालिका–१ भादगाउँँस्थित निर्मल माविमा जारी सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सत्यवती मावि १४ पदक सहित शीर्ष स्थानमा छ ।

    सोमबारदेखि सुरु भएको प्रतियोगितामा आजसम्म सत्यवतीले छ स्वर्ण, पाँच रजत र तीन कास्य पदक जितेको छ ।

    त्यस्तै आदिकवि भानुभक्त मावि सात पदक सहित दोस्रो स्थानमा छ । आदिकविले पाँच स्वर्ण, दुई रजत जितेको व्यास नगरपालिका खेलकुद विकास समितिका संयोजक एवं व्यास–६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

    त्यस्तै महेन्द्रज्योति मावि १३ पदक सहित तेस्रो स्थानमा छ । महेन्द्रज्योतिले तीन स्वर्ण, पाँच रजत र पाँच कास्य पदक जितेको छ ।