देवघाटधाममा शतबीज छर्ने घुइँचो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटधाममा शतबीज छर्ने घुइँचो

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८२, बुधबार

    दमौली, ३ मङ्सिर । पितृउद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् ।

    देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छतबीज छर्न आएका हुन् । शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताए ।

    हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जाँै, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

    देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेलले मंगलबारदेखि नै यहॉ भक्तजनको भीड लागेको जानकारी दिए । त्यस्तै केही भक्तजन शतबीज छरेर आज बिहानै फर्किएका छन् ।