सुनचॉदीको मूल्य बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनचॉदीको मूल्य बढ्यो

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८२, बुधबार

    काठमाडौ, ३ मंसिर । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २ हजार ८०० रुपैयाँ र चाँदी तोलाको ६० रुपैयाँले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ रहेको थियो । 

    त्यस्तै आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर तोलाको ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ९० रुपैयाँ रहेको थियो ।