


दमाैली, ३ मङ्सिर । यहाँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा मङ्सिर पहिलो मङ्गलबार ११ फूलको डोली भित्रिएको छ । विभिन्न जिल्लाबाट आएका भक्तजनले मन्दिरमा आज फूलको डोली भित्र्याएको थानीमाइ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अध्यक्ष जीवन थापाका अनुसार तनहुँबाट पाँच, लमजुङबाट एक, गोरखाबाट एक, चितवनबाट दुई, काठमाडौबाट एक र नवलपरासीबाट एक फूलको डोली भित्रिएको छ । त्यसक्रममा दुई हजार पाँच सय ८८ भक्तजनले मन्दिरमा दर्शन गरेको थापाले बताउनुभयो । त्यस्तै सोमबार राति जागाराम बसेर बत्ती बाल्नेको सङ्ख्या दुई सय ५१ जना रहेको थियो ।
मन्दिरमा कात्तिकको चार वटा मङ्गलबार दुई सय १० फूलको डोली भित्रिएको थियो ।
प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।
