


दमाैली, ३ मङ्सिर । यहाँको व्यास नगरपालिकाले आयोजना गरेको सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयले जितेको छ । सोमबारदेखि सुरु भइ आज सम्पन्न भएको प्रतियोगितामा कूल १६ पदक जित्दै सत्यवती माविले उपाधि जितेको हो ।
सत्यवती माविले सात स्वर्ण, छ रजत र तीन कास्य पदक जितेको नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।
प्रतियोगितामा व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालय द्वितीय भएको छ । आदिकविले छ स्वर्ण, तीन रजत प्राप्त गरेको छ ।
व्यास नगरपालिका–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालय १५ पदक सहित तृतीय भएको छ । महेन्द्रज्योतिले पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य पदक जितेको छ ।
वाराही आवासीय माध्यमिक विद्यालय दश पदक सहित चौथो भएको छ । वाराहीले तीन स्वर्ण, चार रजत र तीन कास्य पदक जितेको छ ।

जनजुक्त शाही मावि पाँच पदक सहित पाँचौ भएको छ । जनजुक्तले दुई स्वर्ण र तीन रजत पदक जितेको छ ।
निर्मल मावि छ पदक सहित छैटौ भएको छ । निर्मलले दुई स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेको छ ।
ग्रिनस्टार बोर्डिङ स्कूल तीन पदक सहित सातौ भएको छ । ग्रिनस्टारले दुई स्वर्ण र एक रजत पदक जितेको छ ।
भानु मावि तीन पदक सहित आठौ, पराशर मावि पाँच पदक सहित नवौ, सिद्धबेनी मावि एक पदक सहित दशौ, पराशर मावि एक पदक सहित एघारौ, जलदेवी मावि एक पदक सहित बाह्रौ, क्यामिन मावि दुई पदक सहित तेह्रौ, माहेन्द्री मावि दुई पदक सहित चौधौ, उदय मावि एक पदक सहित पन्ध्रौ, अमरज्योति मावि एक पदक सहित सोह्रौ, शिव पञ्चायन मावि एक पदक सहित सत्रौ, दमौली मामवि एक पदक सहित अठारौ, बालमन्दिर मावि एक पदक सहित उन्नाइसौ, चण्डिदेवी मावि एक पदक सहित बिसौ र दमौली पब्लिक मावि एक पदक सहित एक्काइसौ भएको छ।
प्रतियोगितामा नगरपालिकाभित्रका ३३ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रछात्रा भलिबल, कराँते, दौड लगायतमा प्रतिस्पर्धा गराइएको थियो ।
विजेताहरुलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नगर खेलकुद विकास समितिका अध्यक्ष एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले पुरस्कार वितरण गरेका थिए ।
