


दमौली, ४ मङ्सिर । विद्यालयस्तरदेखि नै विद्यार्थीमा खेलकुदप्रति रुचि बढाउने उद्देश्यसहित तनहुँका पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना भइरहेका छन् ।
पालिकास्तरमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएपछि जिल्ला खेलकुद विकास समितिले जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो ।
दश पालिकामध्ये तनहुँका सात पालिकामा प्रतियोगिता सम्पन्न भएका छन् । तीनवटा पालिकामा प्रतियोगिता जारी छन् । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिकामा प्रतियोगिता सम्पन्न भएका छन् । व्यास नगरपालिकामा बुधबार मात्रै प्रतियोगिता सम्पन्न भएको छ ।
ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र देवघाट गाउँपालिकामा भने प्रतियोगिता जारी छ ।