भाेर्लेटारचाेकमा टिप्परकाे ठक्करबाट पैदलयात्री घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भाेर्लेटारचाेकमा टिप्परकाे ठक्करबाट पैदलयात्री घाइते

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०८२, बिहीबार

    दमाैली, ४ मङ्सिर । व्यास नगरपालिका-४ भाेर्लेटारचाेकमा टिप्परकाे ठक्करबाट पैदलयात्री घाइते भएका छन् ।

    ट्राफिक चोकबाट भोर्लेटार चोकतर्फ जाँदै गरेको ग १ क २९६८ नं.को टिप्परले ठक्कर दिँदा पैदलयात्री लमजुङ मध्यनेपाल नगरपालिका-४ सानो कुमाल गाउँ बस्ने बर्ष २० को शरण कुमाल घाइते भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

    टिप्पर र टिप्पर चालक प्रहरीद्वारा नियन्त्रणमा लिइएको छ ।