सिमरा आज पनि अशान्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिमरा आज पनि अशान्त

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०८२, बिहीबार

    बारा, ४ मङ्सिर। नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच बुधबार भएको झडपका कारण बाराको सिमरा आज पनि अशान्त छ ।

    बिहीबार बिहानैबाट युवाहरू सडकमा निस्किएका छन् । प्रहरी/प्रशासन र युवाबीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालनमा आए पनि युवाहरूले बजारमा प्रदर्शनसँगै टायर बालेर नाराबाजी गरिरहेका छन् ।

    हिजो एमालेद्वारा आयोजित कार्यक्रममा काठमाडौंबाट आउन लागेका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेतालाई रोक्न युवाहरूले सिमरा विमानस्थलमा प्रदर्शन गरेका थिए ।