


दमौली, ४ मंसिर । म्याग्दे गाउँपालिकाको आयोजनामा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि राधा माविले जितेको छ । प्रतियोगितामा कूल २६ पदक जित्दै राधाले उपाधि जितेको हो ।
राधाले ११ स्वर्ण, ११ रजत र ४ कास्य पदक जितेको छ ।
प्रतियोगितामा जनगणपति मावि द्वितीय भएको छ । जनगणपतिले ८ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेको छ।
यस्तै मिन मावि तृतीय भएको छ । मिनले ५ स्वर्ण, ८ रजत र ९ कास्य पदक जितेको छ ।
