एमालेको नेशनल भोलिन्टियर फोर्सले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेको नेशनल भोलिन्टियर फोर्सले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०८२, शुक्रबार

    काठमाडौ, ५ मंसिर । नेकपा एमालेले आज राजधानीमा आन्तरिक संरचना र कार्यकर्तामध्ये उत्साह जगाउने उद्देश्यका साथ ठूलो प्रदर्शनात्मक कार्यक्रम आयोजना गर्दै छ । 

    एमालेको नेशनल भोलिन्टियर फोर्सले बिहान ११ बजे कार्की ब्यांक्वेट, बबरमहलमा आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्।

    फोर्सले कार्यकर्ताहरू बिहानै बबरमहलमा भेला भई माइतीघर हुँदै पुनः बबरमहल र त्यहाँबाट बानेश्वरतर्फ जाने र्‍याली जुलुस निकाल्ने जनाएको छ । 

    कार्यक्रमबारे आवश्यक जानकारी जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई दिइसकिएको फोर्सले बताएको छ।