


काठमाडाै, ५ मङ्सिर । एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलनको नाम दाबी गर्दै आफूहरूका गतिविधिमा अवरोध आउने ठाउँमा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । एमालेले घोषणा गर्न लागेको ‘युथ भोलेन्टियर फोर्स’ को पूर्वसन्ध्यामा शुक्रबार बबरमहलमा आयोजित युवाहरूको प्रदर्शनलाई नेतृत्व गर्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन्।
उनले वास्तविक जेनजी पुस्ताका मुद्दा र माग सम्बोधन गर्ने क्षमता एमालेमै भएको दाबी गरेका छन् । जेनजी आन्दोलनमा घाइते तथा सहिदका परिवारलाई न्याय दिन प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको उनले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गर्दै छन् ।