


दमौली, ६ मंसिर । म्याग्दे उद्योग वाणिज्य संघको थर्पु स्थित कार्यालय उदघाटन गरिएको छ । म्याग्देका व्यवसायी, संघसंस्थाका प्रमुख तथा प्रतिनीधिहरू, स्थानीय बुद्विजीवीहरू, राजनीतिक दलहरू लगायतको उपस्थितिमा तनहुँ उद्योग वाणिज्य संघ थर्पुबजार इकाईका संस्थापक सभापति एवं म्याग्दे उद्योग वाणिज्य संघका सल्लाहकार तीर्थनारायण मल्लले कार्यालय उदघाटन गरेका हुन् ।
सो अवसरमा उनले सानो क्षेत्रमा कृयाशील रहेको उद्योग वाणिज्य संघ अब म्याग्देका सम्पुर्ण उद्यमी व्यवसायीलाई समेटेर हकहित संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।
म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा न्यू भिजन युथ क्लवका अध्यक्ष सन्तोष श्रेष्ठ, थर्पु बजार समितिका अध्यक्ष नरसिह राना, राप्रपा म्याग्दे अध्यक्ष यव थापा, नेकपाका बालकृष्ण श्रेष्ठ, नेकपा एमाले म्याग्दे अध्यक्ष द्वारिका घिमिरे, नेपाली कांग्रेस म्याग्दे सभापति रामभक्त घिमिरे र म्याग्दे ४ का वडाध्यक्ष दिपक कुमार श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रम संचालन म्याग्दे उद्योग वाणिज्य संघका सचिव राजिव श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य संघका उपाध्यक्ष सुरेन्द्र अधिकारीले गरेका थिए ।