निर्मलका प्रअ बस्नेतले आश्नाको कक्षा १२ सम्मको खर्च बेहोर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्मलका प्रअ बस्नेतले आश्नाको कक्षा १२ सम्मको खर्च बेहोर्ने

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०८२, शनिबार

    दमौली, ६ मंसिर । व्यास नगरपालिका-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले कक्षा ७ मा अध्ययनरत आश्ना थापाको पढाईमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

    व्यास नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत ४०० मिटर दौडमा स्वर्ण पदक जित्न सफल थापालाई बस्नेतले कक्षा १२ सम्मको पढाई शुल्क तथा अन्य शैक्षिक खर्च सहयोद गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    यस प्रकारको सहयोगले विद्यालयका अन्य विद्यार्थीहरूलाई पनि आफ्नो पढाई, खेलकुद तथा विविध गतिविधिमा उत्कृष्टता हासिल गर्न प्रोत्साहन गर्ने विद्यालयको विश्वास छ ।