


दमौली, ७ मंसिर । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँको अध्यक्षमा देवबहादुर तमु चयन भएका छन्। परिषद्को पॉचौँ जिल्ला अधिवेशन एवं १६ औं बार्षिक साधारण सभाबाट देवबहादुरको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो।
अधिवेशनबाट उपाध्यक्षमा मनराज तमु, महिला उपाध्यक्षमा आशादेवी तमुस्यो, सचिवमा श्रवण कुमार तमु, संगठन सचिवमा भुवनसिंह तमु, प्रचार प्रसार सचिवमा कुमार काजी तमु, कोषाध्यक्षमा रण बहादुर तमु, सह –कोषाध्यक्षमा प्रतिमा तमुस्यो चयन भएका छन् ।
सदस्यहरुमा लिल बहादुर तमु, होम बहादुर तमु, कृष्ण कुमारी तमुस्यो, ढकल तमु, टार्जन तमु्, कुल प्रसाद तमु, दुर्गा बहादुर तमु, रेशम बहादुर तमु, श्रीकृष्ण तमु, दुर्गा लाल तमु रहेका छन ।
