एनपिएल-२ मा पोखराको पहिलो जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एनपिएल-२ मा पोखराको पहिलो जित

    खबरपुञ्ज संवाददाता

    ११ मंसिर २०८२, बिहीबार

    काठमाडाै, ११ मङ्सिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्नेक्रममा पोखराले शुक्रबार डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई २५ रनले हरायो । 

    जनकपुरले भने हारमा ह्याट्रिक गरेको छ । उसले सुरुवाती दुई खेलमा हार बेहोरिसकेको थियो । तेस्रो खेलमा पोखराले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २९ ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो । 

    उसका लागि वेन पार्नेलले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा चार छक्का र दुई चौकासहित सर्वाधिक ५० रन बनाए । पार्नेल रिटायर्ड हर्ट भए । 

    यस्तै, सञ्जय कृष्णमूर्तिले २५ तथा माज सदाकतले २० रन जोडे । पोखराका लागि बलिङमा स्पिनर विपिन खत्रीले सानदार प्रदर्शन गरे । उनले चार ओभरमा १५ रन दिएर सर्वाधिक चार विकेट लिए । यस्तै, सुमीत बर्माले दुई तथा कप्तान कुशल भुर्तेल र जिमी नीशमले एक/एक विकेट लिए ।  

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनायो । उसका लागि  सुमीत वर्माले उत्कृष्ट ब्याटिङ गरे । 

    उनले २९ बलमा दुई चौका र चार छक्काको मद्दतमा अविजित ५० रन बनाए । त्यस्तै, ओपनिङ ब्याटर दिनेश खरेलले ३८, तृतराज दासले २९ र एडम रोसिङ्टनले २४ रन जोडे ।  

    जनकपुरका लागि बलिङमा सञ्जय कृष्णमूर्तिले सानदार बलिङ गरे । उनले चार ओभरमा २१ रन खर्चिएर महत्वपूर्ण तीन विकेट लिए । 

    त्यस्तै, कप्तान अनिलकुमार शाह र ललित राजवंशीले एक/एक विकेट हात पारे ।