चितवन राइनोजलाई काठमाडौं गोर्खाजले दियो १४३ रनको मध्यम लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    चितवन राइनोजलाई काठमाडौं गोर्खाजले दियो १४३ रनको मध्यम लक्ष्य

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०८२, शुक्रबार

    काठमाडौं, १२ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कीर्तिपुर मैदानमा जारी १५औँ खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजसामु जितका लागि १४३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

    टस जितेर पहिला फिल्डिङ रोजेको चितवन राइनोजको निर्णय सही साबित भयो जब काठमाडौँका ब्याटरहरूले अन्तिम समयमा लय गुमाउन पुगे।

    काठमाडौँ गोर्खाज १९.४ ओभरमा १४२ रन बनाउँदै अलआउट भएको हो।

    अन्तिम ५ ओभरमा ब्याटिङ ध्वस्त काठमाडौँको इनिङ्सको अन्तिम ५ ओभर निकै खराब रह्यो। राम्रो स्थितितर्फ अघि बढिरहेको काठमाडौँले अन्तिम ३० बल (५ ओभर) भित्र केवल ३४ रन जोड्दा ७ विकेट गुमाउन पुग्यो। १८औँ ओभरमा २ विकेट र १९औँ ओभरमा १ विकेट गुमाएपछि टोली दबाबमा आएको थियो।