


दमौली, १३ मंसिर । नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि चयनका लागि तनहुँमा शनिबार मतदान हुँदैछ । सहमतिमा महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रयास असफल भएपछि मतदानमार्फत् महाधिवेशन प्रतिनिधि चयन गर्न लागिएको हो ।
जिल्लाका दशवटै पालिका कमिटीमा मतदानको तयारी गरिएको छ । जिल्लाबाट १२ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।
